सरकारले मुलुकलाई मुठभेडमा लैजान खोजेको विपक्षी दलका सांसदको आरोप

विपक्षी दलका सांसदहरुले संविधान संशोधन प्रस्ताव अघि सारेर सरकारले मुलुकलाई मुठभेडमा लैजान खोजेको आरोप लगाएका छन् ।
व्यवस्थापिका-संसदको मंगलबार बसेको बैठकमा बोल्दै उनीहरुले संशोधनको औचित्य स्पस्ट नगरी दर्ता गर्नुको अर्थ नहुने बताए ।
मधेसी दललेसमेत स्वीकार नगरेको संशोधन प्रस्ताव ल्याएर मुलुकलाई मुठभेडमा लैजान खोजेको उनीहरुको आरोप थियो ।
यस्तै, सांसदहरुले भूकम्पपीडितलाई दिइने अनुदान दिन सरकार विफल भएको र पुनःनिमाणको काम प्रभावकारीरुपमा अघि बढ्न नसकेको भन्दै आलोचना गरेका थिए ।
यस्तै, संसादहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अघि नबढाएकोमा असन्तोष व्यक्त गरे ।

महाअभियोग प्रस्तावमाथिको बहस किन लम्ब्याइको हो ? भन्ने प्रश्नसमेत उनीहरुले गरेका थिए । इमेजखबरमा समाचार छ ।