तराई पहाड अलग गर्ने सरकारको निर्यण निरङकुस: नेबिसंघका केन्द्रीय उपाध्यक्ष राना

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाल बिधार्थी संघका केन्द्रीय उपाध्यक्ष युवा नेता प्रकाश रानाले सरकारले ५ नम्बर प्रदेशबाट पहाडि जिल्ला अर्घाखाँची गुल्मी पाल्पालाई तराईबाट छुटाउने र तराई पहाड अलग गर्ने सरकारको निर्यण निरङकुस भएको बताउनु भएको छ ।
उहाले बुधाबार प्रेस बिज्ञप्ति प्रकाशित गरि जनताको मनोभावना बिपरित गरिएको सबिधान संशोधन सम्सोधन प्रस्ताव फिर्ता लिन सरकारलाई उहाले चेतावनी समेत दिनु भएको छ।
नेता रानाले सरकारले तराईका जिल्लाहरुबाट पाहाडि जिल्ला हटाउने निणय तत्काल फिर्ता नलिए देशभरका बिधार्थी अान्दोलित हुने बिज्ञयप्तिमा उल्लेख छ । रानाले मधेसका समस्या समधान गर्ने अनेकौं उपाय हुँदाहुदै प्रदेश टुक्राटुक्रा पार्ने र जनता अान्दोलित बनाउने कार्य नगर्न समेत उहाले अाग्रह गर्नु भएको छ।