सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता गराएको संशोधन विधेयक दर्ता विरुद्ध विभिन्न जिल्लामा प्रदर्शन, चक्काजाम, बन्द लगायतका विरोधका गतिविधि हुन थालेका छन् बुधबार बिहानदेखि अर्घाखाँची, बुटवलमा विरोध प्रदर्शन भएका छन् भने गुल्मीमा गुल्मी बन्दको घोषणा गरिएको छ ।
यसैगरी पाल्पामा दिउँसो १ बजेदेखि बजार बन्द र विरोध प्रदर्शनको कार्यक्रमको आयोजना गरिएको छ । स्थानीयवासी र विभिन्न राजनीतिक दलले १८ गते पाल्पा बन्दको घोषणा गरेका छन् ।
यस्तै बुधबार दाङमा एक घण्टा चक्काजाम गरिएको छ ।