पाँच नम्बर प्रदेशलाई कुनै पनि हालतमा बिभाजन हुन नदिने बुटवलबाट शिर्ष नेताहरुको उद्घोष (तस्बिर सहित )

सुर्य भुसाल 
बुटवल । पाँच नम्बर प्रदेशलाई कुनै पनि हालतमा बिभाजन हुन नदिने शिर्ष नेताहरुले बुटबलमा उद्घोष गरेका छन ।
बुटबलमा भएको विशाल जनसभा तथा अगुवा कार्यकर्ता भेलामा बोल्दै पाँच नम्बर प्रदेश टुक्राउने कसैसँग तागत नभएको चेताबनी दिएका हुन ।
बुटलमा भएको बिसाल सभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द भन्डारले तराई पहाड अलग गराउने सरकारको निर्णय कुनै हालतमा सफल नहुने बताउदै अान्दोलनको अाधीबेरीबाट सरकारले संसदमा दर्ता गरेको प्रस्ताव असफल पार्ने चेताबनी दिनु भयो । उहाले बिबादै नभएको पाँच नम्बर प्रदेशमा सरकारले फुटालेर जनता सडकमा ल्याउनु सरकारको लापरबाहि भएको बताउदै अान्दोलनमा साथ दिनका लागि सबै जनसमुदायलाई अपिल गर्नु भयो ।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले सरकारले हाबाका तालमा जनता बिरोधी प्रस्ताब रातिमा गएर संसदमा दर्ता गरेको बताउनु भयो । उहाले यो प्रसताबको कुनै अौचित्य नभएको बताउदै हिमाल पहाड तराईलाई बिभाजन गर्ने कार्य अाफुहरुलाई मान्य नहुने बताउनु भयो ।गौतमले जनता बिरोधि काम गर्ने अधिकार कसैलाई नभएको बताउदै सरकारले ल्याएको प्रस्तनब कुनै हालतमा पास हुन नदिने चेतावनी दिनु भयो । गौतमले सरकारले सपनामा लड्डु खाएको देखेर सपनामा नै प्रस्ताब ल्याएको बताउदै जनताको अान्दोलनबाट बर्तमान सरकारले घुडा टेक्ने बताउनु भयो । गौतमले सबिधान कार्यन्यन स्थानिय निकायको निर्बाचन गर्नुको सट्ठा सरकारले जनताई दुख दिने नियतले हाबादारि प्रस्ताब ल्याएको र सो प्रस्ताब सफल हुन नदिने भन्दै अान्दोलनमा होमिन कार्यक्रताहरुलाई अाग्रह गर्नुभयो । 
कार्यक्रममा नेकपा माअोबादी केन्द्रका नेता टोपबहादुर रायमाझीले सरकारले ल्याएको सबिधान संसोधन प्रस्ताबका बिपक्षमा मतदान गर्ने अाफुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिएको बताउनु भयो । रायमाझीले तराईबाट पहाडि जिल्ला अलगाउने निर्णय अाफुहरुलाई मान्य नहुने बताउदै सरकाले ल्याएको सबिधान संसोधन कुनै हालतमा पास हुन नदिने बताउनु भयो । उहाले जनताको भाबना बिपरित सरकारले गलत काम गरेको बताउदै सबिधान संसोधन प्रस्ताब फिर्ता लिन सरकारलाई अाग्रह गर्नु भयो । रायमाझीले अाफु जनताको भाबना भन्दा बाहिर गएर कुनै काम गर्न नस्ने बताउदै जनताको चाहान बिपरित कार्य नगर्न प्रधानमन्त्रीलाई अाग्रह गर्नु भयो । ५ नम्बर प्रदेशलाई चिरा पार्ने खेलमा लाग्नेलाई लुम्बिनीमा निषेध गर्ने समेत नेता रायमाझीले चेताबनी दिनु भयो ।
कार्यक्रममा नेकपा एमालेका सचिब गोकण बिष्टले सरकाले ल्याएको सबिधान संसोधन प्रस्ताब हाबाका भरमा अाएकोले धेरै दिन टिक्न नस्क्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका उपमहासचिब बिष्णु पौडेलले तराई पहाड अलग गर्ने भारतिय दलाालको ईसाराका भरमा कठपुतली सरकारले प्रस्ताब ल्याएको बताउदै जनताको निणायक अान्दोलनले यसलाई प्ररास्त गर्ने बताउनु भयो । उहाले तराईको र पहाडको सम्बन्ध सरकाले छुट्टाउन खोजेको अारोप लगाउदै अान्दोलनमा होमिन अाग्रह गर्नु भयो ।
कार्यक्रममा उपमहासचिब घनश्याम भुसालले पाँच नम्बर प्रदेश टुक्राउने निणय जनताको अान्दोलनले प्रररास्त गर्ने चेतावनी दिनु भयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देबेन्द्द राज कडेल, नेकपा एमालेका नेताहरु छबिलाल बिश्वकर्मा लगायत गुल्मि कपिलवस्तु प्युठान रुकुम रोल्पा पाल्पा अर्घाखाँची दाङ लगायतका जिल्लाका बिभिन्न पार्टीका नेताहरु कार्यकर्ताहरु रुपन्देही पुगेका थिए । 
कार्यक्रममा नेकपा एमालेका नेता सासद डाक्टर दुमनसिह थापाले तराई पहाड छुट्टाउने निणय अाफुहरुलाई मान्य नहुने बताउनु भयो । कार्यक्रममा नेबिसघका केन्द्रीय उपाध्यक्ष प्रकाश राना काङ्ग्रेस अर्घाखाँचीका सभापति बिष्णु प्रसाद खजाल मुस्कान, एमाले अध्यक्ष चेतनारायण आचार्य एमाअोबादीका नेता चन्द्द बहादुर खड्का ठाकुर बिक जनमोर्चाका नेता झबिलाल थापा गोपाल पौडेल कबि खनमल एमालेका उपाध्यक्ष जिबनारायण कोईराला सचिब राम बहादुर चौहान उपसचिब युबानेता प्रेमनारायण गैरे लगायतका नेताहरु बुटबल पुगेका थिए।