प्रेम आचार्य
काठमाडौं । प्रदेश नं ५ टुक्राउन नदिन आज काठमाडौंमा “अक्षुण प्रदेश नं ५” को बिशाल जुलूस निकालिएको छ ।
वाल्मीकि क्याम्पस र माइति घर मण्डलावाट सर्वदलिय वृहत “अक्षुण प्रदेश नं ५” को बिशाल जुलूसमा सहभागिले कुनै पनि हालतमा प्रदेश नं ५ टुक्राउन नदिने र त्यसका लागि जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने भन्दै सरकारलाइ संसोधन प्रस्ताव फिर्ता गर्न आग्रह गरिएको संघर्ष समितिका एक सदस्य अघाखाँचीका र्सुशिल खनालले बताए।
बिरोध -र्यालिपछि गरिएको कोण शभाका नेपाली कांग्रसेका युवा नेता लेखनाथ पोख्रेलले कुनै पनि हालतमा प्रदेश नं नं ५ टुक्राउन नहुने र त्यसका लागि पार्टि भन्दा माथि उठेर आन्दोलनमा होमिएको वताएका थिए । साथ साथै घरको आगनलइ छुट्टाए जसरि बुटवलबाट टुक्राउने गरि भएको यो संसोधन दर्ता आफुलाइ स्विकार्य नभएको बताएका थिए।
सोहि अवसरमा नेकपा एमालेका युवा नेता ठाकुर गैरे विदेशिको इशारामा भएको यो संसोधन कुनै पनि कोणबाट ठिक नभएको ले तत्काल फिर्ता लिइ अविलम्ब सहमतिको खाकासहित वार्ता गर्न सुझाव दिएका थिए। अभियानका संयोजक गोकर्ण बन्जाडेको संयोजनमा चलेको आन्दोलनमा एमाले सचिव प्रदिप ज्ञवालि , नेता सोमप्रसाद पान्डेको पनि उपस्थिति थियो । “अक्षुण प्रदेश नं ५” को बिशाल जुलूस काँग्रेस, एमाले र माओवादी केन्द्रको संयुक्त आयोजनमा सम्पन्न भएको थियो ।