कपिलवस्तु एक महिनादेखि सिडिओ विहीन

सुर्य प्रसाद भुसाल / दिपक  कार्की
कपिलबस्तु । कपिलबस्तु जिल्लामा एक महिनादेखि प्रमुख जिल्ला अधिकारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।
गत कार्तिक १८ गते प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेको सरुवा भएको र हालसम्म पनि उनको स्थानमा कसैलाई नियुक्त नगरिएपछि दैनिक कामकाज सम्पन्न गर्न गाह्रो भएको हो ।
जिल्लाका ग्रामिण क्षेत्रबाट सदरमुकाम आएका जनता काम नभएपछि निराश बन्दै र्फकने गरेका छन् ।
शिवगढी गाविसका रामेश यादव भन्छन्, सामान्य काम त हुन्छ तर ठूलो काम रोकिएको छ ।  सिडीयो साबलाई ल्याउने काम किन ढिलो भएको भन्दैे उनले प्रश्नसमेत गरे ।
त्यस्तै बरइपुर गाविसबाट प्रशासन कार्यालय तौलिहवा पुगेका राम भरोसे यादवको मुद्धामामिला सम्बन्धी काम पनि सिडिओ नहुँदा मल्नि सकेको छैन । सरकारी मान्छे यति लामो समय नहुँदा आफूहरुजस्ताले निक्कै समस्या ब्यहोर्नुपरेको यादवले गुनासो गरे ।
यता प्रजिअ नहुँदा अहिले सम्पूर्ण जिम्मेवारी सहायक प्रजिअ भरत कुमार बुढाथाकीले हेर्दै आएका छन् । उनले भने, सानातिना काम त मैले नै हेरेको छु तर बुद्धा ममिला सम्बन्धी काम हेर्न मिल्दैन, त्यस्ता काम आयो भने रोक्ने गरेका छौं ।
सहायक प्रजिअ भरत कुमार बुढाथाकीले अब केहि दिनमा नयाँ प्रजिअका रुपमा विष्णु ढकाल आउने जानकारी आफुले पाएको बताए ।