पाँच नम्बर प्रदेश कुनै हालतमा टुक्राउन नदिने रक्षा मन्त्री खाडको दाबी

सुर्य प्रसाद भुसाल/ दिपक  कार्की
बुटवल, १८ मंसिर । रक्षामन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग गर्न नहुने अडानमा आफु कायमै रहेको बताउनु भएको छ । मुलुकको समृद्धिमा टेवा पुग्ने गरी बनाइएको पाँच नम्वर प्रदेशको सीमाङ्कन हेरफेर गर्न नहुने पक्षमा आफु रहेको उहाँले स्पष्ट पार्नु भएको हो ।
मन्त्री खाणले पार्टी केन्द्रीय समिति, पदाधिकारी बैठक तथा मन्त्रि परिषद बैठकमा आफुले पाँच नम्वर प्रदेशको सीमा हेरफेर नगर्न आग्रह गर्दै स्पष्ट धारणा राखेको र अहिले पनि सिमाङ्कन हेरफेर हुन नदिन आफनो पहल जारी रहेको बताउनु भयो । उहाले प्रदेश नम्वर पाँचको सीमाङ्कन हेरफेरका सम्वन्धमा अहिले पनि पार्टी सभापति शेरबहादुर देउवा सहितका पर्टीका शिर्ष नेताहरु र प्रधानमन्त्री पुष्पकमल दाहाललाई पुनरबिचार गर्न आग्रह गरिरहेको बताउनु भयो ।
मन्त्रि खाणले बिगतमा नेपाली काग्रेस र नेकपा एमालेबीच नवलपरासीदेखि बर्दीया सम्मको एउटा प्रदेश बनाउने सहमति भएको आधारलाई टेकेर प्रधानमन्त्री दाहालले ५ नम्वर प्रदेशको सीमा हेरफेर सहित संबिधान संशोधनबाट मधेशी मोर्चा सहमतिमा आउने बिश्वास लिएपनि मधेशी मोर्चाले नै असन्तुष्टि जनाएपछी अव प्रमुख चार शक्ति एक ठाउँमा बसेर निकास निकाल्नु पर्ने धारणा राख्नुभयो । उहाले भन्नुभयो- प्रस्ताव दर्ता नगर्न मैले पार्टी सभापति र प्रधानमन्त्रीलाई बुझाउने धेरै प्रयास गरेको हु । तर अझै केही बिग्रिएको छैन, काग्रेस, एमाले, माओवादी केन्द्र र मधेशी मोर्चा एक ठाउमा बसेर निकास निकालौ र निर्वाचनमा जाऔ ।
मन्त्री खाँणले तराई पहाडलाई मिलाएरै प्रदेश बनाउनु पर्छ भन्ने अडानमा रहेको बताउँदै भन्नुभयो- म व्यक्तिगत रुपमा जनताले गरेको आन्दोलनको समर्थनमा छु । आन्दोलनलाई हिंसात्मक बन्न नदिउँ, शान्तिपुर्ण आन्दोलनलाई पनि सरकार र राजनीतिक दलहरुले सुन्नुपर्छ । सुन्ने नै छन् । आफु आन्दोलन र जनताबाट आएकाले जनताले उठाएका माग प्रति समर्थन गर्न आफुलाई कुनै गाह्रो नभएको बताउँदै उहाँले आफुलाई मन्त्रिको पद प्रति कुनै मोह नभएको तर पार्टीको कार्यकर्ता भएकाले पार्टी छाड्न नसक्ने स्पष्ट पार्नु भयो ।
आफ्नै पार्टीका केन्द्रीय सदस्य आन्दोलनका क्रममा जिल्लामा आउँदा रोकको भन्ने समाचारको खण्डन गर्दै उहाँले त्यो समाचार सरासर गलत भएको बताउनु भयो । उहाँले भन्नुभयो- पार्टीका बैठक र मन्त्रि परिषद बैठकमा पाँच नम्वर प्रदेशको सीमा कुनै हालतमा हेरफेर गर्नु हुदैन जनताको चाहना छैन ठुलो आन्दोलन हुनसक्छ भनी पहिले नै धारणा राख्ने व्यक्तिले आफनै पार्टीका वा अन्य कुनै पार्टीका नेता कार्यकर्तालाई रोक्ने र रोक्न लगाउने भन्ने कुरा वा समाचार जे भएपनि गलत हो ।  शुक्रबार आन्दोलनका दौरानमा रुपन्देही आएका काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीलाई कार्यकर्ता लगाएर रुपन्देहीको मणिग्राममा रोक्ने प्रयास गरेको भन्ने समाचार आएको थियो ।
संबिधान सभाबाट बनेको संबिधान कार्यान्वयन हुन नदिएर मुलुकमा संकट र अस्थिरता कायम राखिरहन नदिन निर्वाचन अपरिहार्य भएकाले सबै दल र दलका नेताहरुलाई दलगत र व्यक्तितगत स्वार्थ त्यागेर राष्ट्रिय हितका लागि एक ठाउमा उभिन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।