५ नम्बर प्रदेश टुक्राउने प्रस्तावका विरुद्ध पश्चिममा सुरु भएको आन्दोलन अझै मत्थर हुने संकेत देखिएन

बुटवलमा आइतवार भएको प्रदर्शन । तस्विर : अमृता अनमोल/कान्तिपुर
स‌ंविधान स‌ंशोधनमा ५ नम्बर प्रदेशका केही जिल्लालाई छुट्याएर प्रदेश चारमा गाभ्ने प्रस्तावका विरुद्ध मुलुकको पश्चिम भेगमा सुरु भएको आन्दोलन अझै मत्थर हुने संकेत देखिएको छैन ।
प्रस्ताव फिर्ता लिन माग गर्दै प्रभावित जिल्लाका दल, नागरिक समाज, उद्योगी संघसंस्था संयुक्त संघर्ष समिति नै गठन गरेर प्रदर्शनमा होमिएका छन् । लामो प्रदर्शनले स्थानीयको दैनिकी बिथोलिएको छ । जिल्ला ठप्प हुँदा पनि सरकारले माग बेवास्ता गरेको भन्दै प्रदर्शनकारीले आक्रोश पोखेको छ । कान्तिपुरमा समाचार छ ।  
आन्दोलनकारीले आइतबार पाँचौं दिन पनि रुपन्देही जिल्ला बन्द गराए । संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै एमाले, कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेमकिपालगायत दलका नेता-कार्यकर्ता प्रदर्शनमा उत्रिए । पूर्वपश्चिम राजमार्ग र उत्तर दक्षिण सिद्धार्थ राजमार्गमा सवारीसाधन चलेनन् । भित्री सडकमा पनि सवारी ठप्प भए । बजार, औद्योगीक प्रतिष्ठान, उद्योग, व्यवसाय, शिक्षणसंस्था खुलेनन् । 
बन्दको केन्द्रविन्दु बनाइएको बुटवलमा बिहानैदेखि प्रदर्शन थालिएको थियो । बन्दकर्ता मिलनचौक, राजमार्ग चौराह, पुष्पलाल पार्क, बसपार्क टा्रफिक चोक लगायतका स्थानमा भेला भएका थिए । एमाले रुपन्देहीका पूर्वअध्यक्ष भोजप्रसाद श्रेष्ठले विरोधलाई सबै दल र नागरिकको साझा बनाउन आफै सडकमा उत्रीएको बताए । 
संयुक्त जुलुस
विद्यार्थी संगठनले  बुटवलमा संयुक्त विरोध रयाली निकाले । राजमार्ग चौराहबाट निस्केको रयाली मिलनचोक, बसपार्क हुँदै पुष्पलाल पार्कमा पुगेर विरोध सभामा परिणत भएको थियो । कान्तिपुरमा समाचार छ ।  
सभामा विद्यार्थी नेताहरुले नागरिकको राय सल्लाह बिना राष्ट्रिय अखण्डता खतरामा पर्ने गरि ल्याइएको संशोधन विधेक फिर्ता नहुदा सम्म एकजुट भएर आन्दोलन गर्ने बताए । माओवादी केन्द्र निकटको विद्यार्थी संगठनका अनेरास्ववीयुका केन्द्रिय सदस्य प्रकाश अधिकारीले प्रदेश नम्बर ५ छ्ट्याउने विधेक तत्काल यस क्षेत्रका नागरिक र अन्तत देशकै अहितमा भएकाले आन्दोलनमा होमिएको बताए । र्‍यालीमा नेवि संघ, अनेरास्ववीयू, अनेरास्ववीयू क्रान्तिकारी, का्रन्तिकारी विद्यार्थी संघ, अखिल छैठौ लगायतका विद्यार्थी संगठनहरुको सहभागीता रहेको थियो ।
आन्दोलन नगर्न कांग्रेसको अपिल 
नेपाली कांग्रेस रुपन्देहीले जारी आन्दोनमा सहभागी नहुन आफ्ना कार्यकर्तालाई अपिल गरेको छ । कान्तिपुरमा समाचार छ ।  
कांग्रेस जिल्ला सभापति तथा सांसद अब्दुल रज्जाकले आइतवार बिज्ञप्तिमार्फत मधेसी मोर्चा सहमतिमा आई देशले निकास पाउछ भने नेपाली काग्रेस रुपन्देही संसोधन प्रस्तावको पक्षमा रहेको जनाएका छन् । विज्ञप्तीमा प्रस्तावका बिषयमा नेकपा एमालेले दोहोरो चरीत्र देखाएर जनता अलमलाउन खोजेको आरोप लगाउँदै निहीत स्वार्थमा उसले गरिरहेको आन्दोलनमा सहभागी नहुन भातृ संगठन र सुभेच्छुकलाई आग्रह गरिएको छ । 
५ नम्वर प्रदेसबाट पहाडी जिल्ला अलग गराउने गरी एमालेले पहीलेनै ससोधन प्रस्तावमा हस्ताक्षर गरेको रज्जाकको दाबी छ। 
कपिलवस्तु अनिश्चितकालीन बन्द 
आन्दोलनको पाँचौं दिन कपिलवस्तु जिल्ला पनि ठप्प हुन पुग्यो ।  कान्तिपुरमा समाचार छ ।  
आन्दोलनकारीले अनिश्चितकालिन जिल्ला बन्द घोषणा गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा आइतवार विहानै देखी एमाले, कांग्रेस, राष्ट्रिय जनमोर्चा, माले, नागरिक समाज, बुद्धिजिवी र विद्यार्थी सडकमा उत्रेका थिए । बन्दले यातायात, उद्योग, कलकारखाना, व्यापार व्यवसाय प्रभावित बने । पिपरा, बनगाई, गोरुसिंगे, इमिलिया र चन्द्रौटामा बन्दकर्ता र स्थानीय सडकमा उत्रेर ५ नम्वर प्रदेश फुटाउन पाइँदैन भन्दै नाराबाजी गरेका थिए । 
यसैबीच जिल्लाका दलले जीतपुरमा संयुक्त वैठक गरी आन्दोलन सशक्त पार्ने निर्णय गरेका छन् । एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेल संयोजक र नेपाली कांग्रेसका युवा नेता डोलकराम घिमिरे संह संयोजक रहेको २३ सदस्यीय मुल संघर्ष समिति गठन गरिएको छ ।  
बन्दप्रति आपत्ती 
संविधान संशोधन प्रस्तावमा ५ नम्बर प्रदेश विभाजनको विषयलाई लिएर नेकपा एमालेले गरेको आन्दोलन प्रति कपिलवस्तुका २१ दलले विरोध जनाएका छन् । कान्तिपुरमा समाचार छ ।  
कांग्रेस, माओवादी केन्द्र, राप्रपा तथा मधेशी मोर्चामा आबद्ध दलले जिल्ला बन्दको विरोध गरेका छन् । दलले चार बुंदे प्रेस विज्ञप्ती जारी गर्दै एमालेले जनतामा भ्रम सिर्जना गरेको आरोप लगाएका छन् । एमालेको उक्त कलमले माओवादी जनयुद्ध, दोश्रो जनआन्दोलन, मधेश आन्दोलनका समग्र उपलब्धी गुम्ने खतरा रहेको दलले बताएका छन् । राज्य पुर्नसंरचना आयोगले तयार गरेको पहिचान र सार्मथ्यका आधारमा ५ नम्बर प्रदेश विभाजन गरिएको हुदा प्रदेशबाट केही जिल्ला टुक्राउदा कुनै समस्या नहुने विज्ञप्तीमा उल्लेख गरिएको छ । एमालेले प्रदेश विभाजन गर्ने गरि दर्ता गरिएको संशोधन विधेयक फिर्ता लिनुपर्ने भन्दै मंसिर १९ गते देखि आह्वान गरेको अनिश्चितकालिन जिल्ला बन्द फिर्ता लिन समेत आग्रह गरेका छन् । 
तम्घासमा राँके जुलुस
५ नं प्रदेश टुक्र्याउन लागेको बिरोधमा गुल्मीमा पनि दिनप्रति दिन आन्दोलन चर्किंदै गएको छ । अनिश्चतकालिन बन्दले जनजिवन प्रभावित भएको छ । कान्तिपुरमा समाचार छ ।  
पाँचौ दिन आइतबार आन्दोलनकारीले सदरमुकाममा राँके जुलुस प्रर्दशन गरे । लाँकुरी मञ्चबाट शुरु भएको जुलुसले बजार परिक्रमा गरेको थियो । आन्दोलनकारीले सडकमा टायर बालेर बिरोध प्रर्दशन गरेका थिए । 
सभामा बोल्दै कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले सरकारले संसोधन फिर्ता लिएर अखण्ड ५ नं प्रदेश घोषणा नगरे सम्म कुनै पनि हालतमा आफुहरु आन्दोलनबाटपछि नहट्ने बताए । 
त्यसैगरि, गुल्मी उद्योग बाणिज्य संघले सोमबार तम्घासमा २० हजार जनालाई उतार्ने तयारी गरेको छ । 
अर्घाखाँचीमा प्रदर्शन
अर्घाखाँचीको बजार क्षेत्रमा आन्दोलन भइरहेका बेला अर्घाखाँचीका गाउँ-गाउँमा समेत विरोध प्रदशन शुरु भएको छ । दुई दिन देखि गाउँका सर्वसाधारणले ५ नम्बर प्रदेश टुक्राएको विरोधमा प्रदर्शन गरेका छन् । साता दिन देखि सदरमुकाममा विरोध छ । आइतवार पनि पुरै जिल्ला ठप्प भयो । गाउँमा सर्वसाधारणले नाराबाजी गर्दै प्रदेश टुक्राउने प्रस्ताव फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
अर्घाखाँचीको ठाडा, बल्कोट, अर्घातोष, मरेङ लगायतका गाउँमा नाराबाजी गर्दै प्रदेश टुक्राएकोमा विरोध भएको एमाले जिल्ला उपसचिव प्रेमनारायण गैरेले बताए । गाउँबाट सर्वसाधारण स्वतपूर्त विरोधमा उत्रिएका छन, उनले भने, पहाड तराईलाई टुक्राएको विरोधमा पाटी विशेष भन्दा माथि उठेर सर्वसाधारण विरोधमा उत्रिए । गाउँ स्तरबाट नागरिक विरोधमा उत्रिएपछि आन्दोलनलाई थप सशक्त बनाउन बल पुगेको उनले बताए । 
सोमबार सन्धिखर्कमा बृहत जनसभा गर्न तयारी भइरहेको छ । विरोधको लागि गाउँबाट ठूलो संख्यामा जनसहभागिता जुटने संयुक्त संघर्ष समितिका संयोजक एवं कांग्रेस सभापति विष्णु प्रसाद खनाल  मुस्कान  ले बताए । सभालाई सम्बोधन गर्न पूर्व उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, कांगेस केन्द्रिय सदस्य पुष्पा भुसाल, पूर्वकेन्द्रिय सदस्य रेवतीप्रसाद भुसाल लगायत एमालेका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसभापछि आन्दोलन थप सशक्त हुने नेताहरुले बताएका छन् । 
मोटरसाइकल र टिपर तोडफोड 
पाल्पाका बन्दकर्ताले पाल्पामा एक भारतीय नम्बर प्लेटको मोटरसाइकल र नेपाली नम्बर प्लेटको टिपर तोडफोड गरेका छन् । कान्तिपुरमा समाचार छ ।   बुटवलतर्फबाट पाल्पा आउदै गरेको मोटरसाइकल र टिपरलाई सिद्दार्थ राजमार्गको वृन्दावनमा तोडफोड गरेका हुन् । यहाँका युवा, विद्यार्थी, तरुणले राखेको अनिश्चितकालिन बन्दका बेला राजमार्गमा चलाएको तोडफोड गरेका हुन् ।  
भारतीय नम्बर प्लेटको युपी ५३ ए जेड ०२५२ नम्बरको मोटरसाइकल र लु १ ख ५४८८ नम्बरको टिपरलाई तोडफोड गरेका हुन् । अघिल्लो सीमांकनअनुसार प्रदेश नम्बर ५ मा परेका पहाडी जिल्ला छुटाएर ४ नम्बरमा लैजाने सरकारको प्रस्तावविरुद्ध राजनीतिक दल, युवा, विद्यार्थी, तरुणले गरेको अनिश्चितकालीन आइपुग्दा जनजीवन कष्टकर बन्दै गएको छ । दलहरुले पेशाकर्मी, संचारकर्मी, नागरिक समाज&