सुर्य भुसाल
संविधान संशोधन प्रस्तावका विषयमा भैरहेको आन्दोलनप्रति विभिन्न राजनीतिक दलहरुले गंभिर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनीहरुले जनताको भावनाको कदर गर्ने भन्दै आन्दोलनका नाममा भएको तोडफोड र अराजकताप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । उनीहरुले सामुहिकरुपमा विज्ञप्क्ती जारी गर्दै आन्दोलनका नाममा बुटवलको शहिद स्मारक ताडफोड, पार्टी कार्यालय लगायतका सार्वजनिक स्थनहरुको तोडफोडप्रति गम्भीर आपत्ती जनाउदै दोषिलाई कारवाहीको माग समेत गरेका छन् ।
यसरी सामुहिक बिज्ञक्ती जारी गर्नेहरुमा नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांण, नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक नारायण बहादुर जिसी निर्मल, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य प्रदिप कुमार उदय, नयां शक्ति नेपाल पार्टीका केन्द्रीय सदस्य निर्दोष अली र जनमोर्चा नेपालका जिल्ला अध्यक्ष चित्र वहादुर थापा रहेका छन् ।
तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको नेतृत्वमा रहेको संयुक्त सरकारमा नेकपा एमालेसमेतले अहिलेको संरचनालाई स्वीकार गरेको कांग्रेसको भनाइ छ ।
त्यसबेला संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिद्वारा प्रस्तावित ७ प्रदेशको अवधारणामा लुम्विनी प्रदेशमा नवलपरासीको दाउन्ने पश्चिम रुपन्देही, कपिलवस्तु, दाङ्ग, बाकें, बर्दिया रहने प्रस्तावमा एमालेलेसमेत हस्ताक्षर गरेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।
उक्त प्रस्तावमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेतले हस्ताक्षर गरेका थिए । त्यतिबेला आफैंले हस्ताक्षर गरेर प्रस्ताव अगाडि बढाउँदा देश बिखण्डनमा नजाने तर अहिले प्रस्ताव दर्ता भएपछि देश बिखण्डनमा जान्छ भन्नु एमालेको दोहोरो चरित्र भएको र यो राजनीतिक नैतिकता भन्दा बाहिरको विषय भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
संसदबाट संशोधन प्रस्ताव पारित हुने अवस्था देखेपछि एमालेले जनता भड्काउन खोजेको रज्जाकको आरोप छ ।