राष्ट्रिय जनमोर्चाले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध सडक संघर्षलाई पनि तीव्रता दिएको छ। अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन प्रस्ताव राष्ट्रहितमा नरहेको भन्दै त्यस विरुद्ध सडक संघर्षलाई पनि तीव्रता दिने घोषणा गरेका हुन्।
संविधान संशोधन प्रस्ताव विरुद्ध पार्टीले सोमबार नयाँ बानेश्वर चोकमा आयोजना गरेको विरोध प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार भारतीय विस्तारबादको खेलौना बनेको आरोप पनि लगाए।
उनले भारतीय दूतावास लैनचौरमा सेन्सर गरिएको संविधान संशोधन प्रस्ताव सरकारले ल्याएको भन्दै त्यसलाई नेपाली जनताले मान्न नसक्ने बताए। अध्यक्ष केसीले नेपाललाई विखण्डन गराउन भारतले संघीयताको गलपासो नेपाल राष्ट्रको घाटीमा झुन्डयाईदिएको जिकीर गरे।
राष्ट्रिय जनमोर्चाले मुलुकलाई टुक्रयाउने गरी डिजाईन अन्तर्गत संघीयतासम्बन्धी अवधारणा आएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ। सेतोपाटीमा समाचार छ ।