५ नम्बर प्रदेश टुक्र्याएको विरोधमा भैरहवामा विशाल र्‍याली

भैरहवामा मंगलबार र्‍यालीको आयोजना गरिएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघको अगुवाइमा ५ नम्बर प्रदेश टुक्र्याएको विरोधमा आह्वान गरिएको जनप्रदर्शनमा हजारौं सर्वसाधारण सहभागी भएका छन् ।
प्रदर्शनमा सहभागीहरुले  हिमाल पहाड तराई, कोही छैन पराइ, ५ नम्बर प्रदेश टुक्र्याउन पाइँदैन, राष्ट्रघाती विधेयक चाइँदैन  भन्ने नारा लगाएका थिए ।
सिद्धार्थ नगर उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लामा क्रियाशील २६ ओटा संघ-संस्थाले स्थानीय लुम्बिनी गेटबाट जनप्रदर्शनको आयोजना गरेका हुन् ।
लुम्बिनी गेटबाट सुरु भएको र्‍याली ब्रमेलीटोल, नारायणस्थान, मिलनचोक बैंकरोड, देवकोटाचोक हुँदै बुद्धचोक पुगेर कोणसभामा परिणत भएको थियो ।
र्‍यालीमा मधेसी, मुस्लिम, महिला, दलित, आदिबासी जनजाति समुदायको उल्लेख्य सहभागिता थियो । इमेजखबरमा समाचार छ ।