सिद्धार्थ उद्योग वाणिज्य संघ उपाध्यक्ष न्यौपानेमाथि गोली प्रहार, एक जना पक्राउ

सिद्धार्थ उद्योग वाणिज्य संघ सिद्धार्थनगरका उपाध्यक्ष कुलप्रसाद न्यौपानेमाथि केहीबेर अगाडि गोली प्रहार भएको छ।
गल्लामण्डीस्थित आफ्नो व्यावसायिक प्रतिष्ठान बसिरहेको समयमा मोटरसाइकलमा आएको अज्ञात समूहले न्यौपानेमाथि गोली प्रहार गरेकाे प्रहरीले जनाएको छ। गोलीबाट न्यौपाने छलिएको र उनी सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए।
गोली प्रहार गर्ने एक जनालाई भैरहवाको लुम्बिनीरोडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राऊ पर्नेमा सिपवा वडा नम्बर ५ का वीरेन्द्र यादव छन्। सेटोपाटीमा समाचार छ ।