सुर्य भुसाल
नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले लूम्बिनी र राप्ती अंचल जनताको हातमा गैसकेकोले बिवेकपूर्ण तरिकाले निर्णय गर्नू पर्ने बताउँनूभएको छ।
पहाडसँग तराई-मधेस छूट्याउँनू दूर्भाग्य भएको बताउँनूहूँदै उहाँले मूलूकमा जातिय र वर्गिय द्धन्दको बिउ रोप्न सरकारनै लागिपरेको बताउँनूभयो।
नेपाली काँग्रेस कास्कीले पोखरामा गरेको “अगूवा कार्यकर्ता भेला” लाई संबोधन गर्नूहूँदै काँग्रेस नेता कोईरालाले पार्टी सभापती लगायत बरिष्ठ नेताहरू स्वार्थको घेरामा रमाईरहेकाले नेपाली काँग्रेस ईतिहाँसकै कठिन मोडमा पूगेको पनी बताउँनूभयो।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापती क्रृष्ण केसी,सांसदहरू यज्ञ बहादूर थापा, बिन्दादेबी राना लगायतले आ-आफ्नो धारणा राखेका थिए।