सुर्य प्रसाद भुसाल
बाग्लुङ । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले अहिले राज्यको तिनवटै अंग – कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका अराजक ढंगले अगाडी बढिरहेकोले मूलूक दूर्घट्नाको संघारमा पूगेको बताउँनूभएको छ।
संसद देखी सर्वोच्च अदालत सम्मका निकायले आफ्नो दायरा मिच्दै गएको बताउँनूहूँदै डा कोईरालाले देश अहिले ईतिहाँसकै सबैभन्दा जटिल मोडमा पूगेको बताउँनूभयो।
अहिले सरकार नै कानूनी राज्यको उपहास गर्न लागी परेको बताउँनूहूँदै उहाँले देशको प्रधानमन्त्री र मन्त्रीहरूले नै दण्डहिनतालाई मलजल गरिरहेको बताउँनूभयो। नेपाली काँग्रेस बाग्लुङ क्षेत्र नं १ ले बाग्लुङमा आयोजना गरेको “प्रशिक्षक प्रशिक्षण कार्यक्रम” लाई संबोधन गर्नूहूँदै डा कोईरालाले केन्द्रमा बसेर गूटबन्दी गर्नेहरूका पछाडी नलाग्न कार्यकर्तालाई आग्रह गर्नूहूँदै डा कोईरालाले भन्नूभयो-“स्वार्थको झूण्डमा बसेर भागबण्डा र गूटबन्दीमा रमाउँने नेताहरूले नै केही पाईरहनूभएको छैन भने तपाईँहरूलाई उहाँहरूले के दिनूहून्छ? किन तपाईँहरू गूटको राजनितीको पछी लागिरहनू भएको छ?”
उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरू रत्ना शेरचन,गोबिन्द भट्टराई,गूरूराज घिमिरे,सांसदहरू प्रकाश पौडेल,चम्पादेबी खड्का,बागलूंग काँग्रेसका सभापती दिपेन्द्र थापा पूर्व सांसदहरू गोबिन्द शर्मा कँडेल,टंक शर्मा कँडेल लगायतले आफ्नो धारणा राख्नूभएको थियो।