संविधान संशोधन प्रस्तावको बिरुद्ध दुई दिनदेखि भैरहवा क्षेत्र ठप्प भएको छ । संविधान संशोधन मार्फत् ५ नम्बर प्रदेशबाट पहाडी जिल्लालाई नटुक्र्याउन माग गर्दै भैरहवामा बिरोध प्रदर्शन गरिएको छ ।
बिरोधमा विशेषगरी नेकपा एमालेका कार्यकर्ता सडकमा उत्रिएका छन् । उनीहरुलाई अन्य नगरवासीले साथ दिएका छन् । बजार बन्द छ । यातायात आवागमन ठप्प छ । भैरहवाबाट छुट्ने लामो र छोटो दुरीका कुनैपनि सार्वजनिक यातायातका साधन सञ्चालन भएका छैनन् ।
भैरहवा क्षेत्रका सबै औद्योगिक कलकारखाना बन्द छन् । सबै शिक्षण संस्थापनि बन्द छन् । ढुवानीपनि ठप्प छ । कान्तिपुरमा समाचार छ ।