वायु प्रदूषणका कारण लाग्ने विभिन्न रोगबाट विश्वमा बर्सेनी ३५ देखि ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भइरहँदा त्यसबाट बच्नको लागि अहिले नै कुनै ठोस प्रयास सुरु नभएकाले सन् २०६० सम्ममा यो संख्या ६० देखि ९० लाखसम्म अर्थात प्रत्येक चार-पाँच सेकेन्डमा एक व्यक्तिको मृत्यु हुने अनुमान गरिएको छ । दि इकोनोमिक कन्सेक्वेन्सिज अभ् आउटडोर एयर पोलुसन नामक आर्थिक सहयोग तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय संगठन (ओइसीडी०)२०१६ को प्रतिवेदनमा वायु प्रदूषणका कारण आगामी ४५ वर्षमा २० करोड मानिसको मृत्यु हुनेछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिले नै विश्वका ९० प्रतिशत जनसंख्या विषाक्त हावामा श्वास फेर्न बाध्य छन् । दक्षिण पूर्वी एसियाका ११ मुलुकमा विषाक्त हावाका कारण बर्सेनि तीन लाख चार हजार ३६५ जनाको विभिन्न मुटुको रोगबाट मृत्यु हुने गरेको छ । युनिसेफको हालै सार्वजनिक भएको रिपोर्टलाई उल्लेख गर्दै सिएनएनले भनेको छ-पाँच वर्षमुनिका करिब छ लाख बालबालिका घरभित्र र बाहिरको वायु प्रदूषणबाट मर्ने गरेका छन् । प्रदूषणले उनीहरुके फोक्सोकाृ वृद्धिमा असर गर्ने मात्र होइन, मस्तिष्को विकासमा पनि प्रभाव पार्ने रिपोर्टमा उल्लेख छ ।
दक्षिण एसियाको वायु प्रदूषणले बर्सेनी १७ लाख मानिसलाई अकालमै ज्यान लिने गरेको छ । यो संख्या विश्वका वायु प्रदूषणबाट मर्नेको ३० प्रतिशत हो । विषाक्त हावाका कारण हुने मुटु रोगले यो क्षेत्रमा सबैभन्दा बढी भारतमा बर्सेनी दुई लाख ४९ हजार ३८८ जनाको मृत्यु हुन्छ । प्रदूषणजन्य अन्य रोगबाट ६ देखि १२ वर्ष उमेरका बालबालिकामा ब्रोङकाइटिसको नयाँ समस्या अहिलेको एक करोड २० लाखबाट बढेर सन् २०६० सम्ममा प्रतिवर्ष तीन करोड ६० लाख पुग्ने अनुमान गरिएको छ । वयस्कका सन्दर्भमा भने अहिलेको ३५ लाखबाट बढेर सन् २०६० सम्ममा उक्त खालका समस्या प्रतिवर्ष १० करोड पुग्ने अनुमान गरिएको छ ।
शहरी क्षेत्रमा वासोवास गर्ने विशवका करिब ८० प्रतिशत मानिसहरु विश्व स्वास्थ्य सङ्गठनले तोकेको वायुको गुणस्तरभन्दा बढी प्रदूषणको सिकार बनिरहेका छन् । खासगरी कम आयस्तर भएका शहरी क्षेत्रका वासिन्दा बढी प्रभावित छन् । पछिल्लो शहरी वायु गुणस्तर तथ्यांकअनुसार गरिब र तीब्र आर्थिक विकासको क्रममा रहेको मध्यपूर्व र दक्षिणपूर्वी एसियाका मध्यमस्तरका मुलुकमा ९८ प्रतिशत शहरहरुमा वायुको गुणस्तर मापदण्डअनुसार छैन ।
युरोपमा वायु प्रदूषण एक ठूलो वातावरणीय स्वास्थ्य समस्या बनेको र प्रतिवर्ष करिब ४ लाख ६७ हजार मानिसले अल्प आयुमै जीवन गुमाउने गरेको युरोपेली वातावरणका लागि कार्यरत संस्था ९इइए० ले सार्वजनिक गरेको प्रतिवेदनलाई उदृत गर्दै एएफपीले जनाइएको छ ।
वायु प्रदूषणको प्रभाव कुनै एक देशमा मात्र सीति रहँदैन, त्यसले छिमेकी देशहरुमा पनि उत्तिकै प्रभाव पार्ने भइकाले यसको नियन्त्रणका लागि सामूहिक प्रयास र प्रतिवद्धता जरुरत पर्दछ । जस्तो कि इन्डोनेसियाको जंगलमा लागेको आगोको धुवाँबाट सिर्जित तुवाँलोका कारण गत वर्ष दक्षिणपूर्वी एसियामा एक लाखभन्दा बढीको ज्यान गएको त्यतिबेला एक अध्ययनले देखाएको थियो । अमेरिकाको हार्वर्ड तथा कोलम्बिया विश्वविद्यालयका शोधकर्ताहरूले गरेको अध्ययनअनुसार सो तुवाँलोका कारण इन्डोनेसियामा मात्र ९० हजारभन्दा बढी मानिसको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको थियो ।
इन्डोनेसिया सरकारले यसअघि धुवाँका कारण सिर्जित तुवाँलोका कारण १९ जनाको मात्र मृत्यु भएको जनाएको थियो । धुवाँले गर्दा छिमेकी मुलुकहरू सिंगापुर र मलेसियामा पनि हजारौंको मृत्यु भएको घटनाप्रति वातावरणविद्हरुले गम्भीर घटनाको रुपमा लिएका छन् । अध्ययनअनुसार गत वर्षको तुवाँलोका कारण इन्डोनेसियामा ९१ हजार ६ सय, मलेसियामा ६ हजार तथा सिंगापुरमा २ हजारभन्दा बढीको ज्यान गएको बिबिसीको समाचार रिपोर्टमा बताइएको छ ।
वायु प्रदूषणले अनेक रोगको खतरालाई उच्च गर्ने हुँदा उत्पादनशील जनशक्तिलाई विरामी गराउने मात्र नभई उपचारका लागि अतिरिक्त खर्च वृद्धिले गर्दा आर्थिक वृद्धिमा नकारात्मक असर गर्ने र यसले विश्व अर्थव्यवस्थालाई नै प्रभावित पार्नसक्ने अर्थशास्त्रीहरुको तर्क छ । सन् २०६० सम्ममा प्रदूषित वायुका कारण हुने स्वास्थ्य समस्याका कारण ३ अर्ब ७५ करोड काम गर्ने दिन गुम्नेछ र त्यसबाट कुल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतभन्दा बढीको ह्रास आउने अर्थात् सन् २०६० सम्ममा वार्षिक २६ खर्बबराबरको क्षति हुने देखिन्छ । औसतमा एक व्यक्तिले वायु प्रदूषणबाट प्रति १ लाखमा प्रत्येक वर्ष आफ्नो असामयिक मृत्युको सम्भावनामा रहेको जोखिम टार्न ३० डलरजति तिर्न तयार हुनुपर्ने देखिन्छ । वायु प्रदूषणका कारण हुने असामयिक मृत्युका कारण हुने क्षति सन् २०६० सम्ममा प्रतिवर्ष १८० देखि २५० खर्ब हुने उक्त प्रतिवेदनले संकेत गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले गरेको पछिल्लो अनुसन्धानमा विश्वका निम्न तथा मध्य आय भएका देशका सहरमा वायु प्रदूषण मुख्य समस्याका रुपमा देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य तथा वातावरणसम्बन्धी निकायले निर्धारण गरेका मापदण्ड पूरा गर्न नसक्ने अवस्थामा रहेका ती देशका ९८ प्रतिशत सहर प्रदूषित हावामा बाँचिरहेका देखिन्छ । मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पार्ने साइलेन्ट किलर