नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।
सोमबारबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढाएको हो । अब एक लिटर पेट्रोलको मूल्य १ सय १ रुपैयाँ ५० पैसा पर्नेछ । डिजेल र मट्टितेलको भने एक लिटरको ७७ रुपैयाँ ५० पैसा पुगेको छ ।
ग्यासको मूल्य भने नबढेको निमगले जनाएको छ । सेतोपाटीमा समाचार छ ।