सरकारले एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याबारे छानबिन गर्न अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्मालको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको छ।
समितिका अन्य सदस्यमा राष्ट्रिय अनुसन्धानका डिआईजी यादवप्रसाद रेग्मी, नेपाल प्रहरीका एसएसपी मनोज न्यौपाने, गृहमन्त्रालयका उपसचिव शिवराम जोशी रहेका छन् । टोलीलाई १५ दिनभित्र घटनाको अनुसन्धान गरी प्रतिवेदन बुझाउने छ।
मंगलबार नै युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारी नेतृत्वको टोलीले तिवारी हत्याबारे छानबिन गर्न माग गर्दै गृहमन्त्री विमलेन्द्र निधिलाई ज्ञापन पत्र बुझाएको थियो।
सोमबार अज्ञात समूहको गोली लागी घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो। हत्याको विरोध गर्दै युवा संघले मंगलबार लुम्बिनी बन्द गरेको छ। सेतोपाटीमा समाचार छ ।