४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ द्रुतगतिमा काम भइरहेको छ ।
गत वर्षको भूकम्पबाट क्षतविक्षत भएको पहुँचमार्ग परिवर्तन गरी सुरुङ खनेर बाँधस्थलसम्म पुग्ने बाटो गत मंसिर १६ गते सम्पन्न भएपछि २०७५ असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाले तीव्रगतिमा काम अगाडि बढाएको छ ।
आयोजनाको पछिल्लो प्रगतिबारे जानकारी लिन गत शनिबार यहाँ आएका ऊर्जामन्त्री जनार्दन शर्मा, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायत उच्चस्तरीय टोलीलाई आयोजना प्रमुख विज्ञान श्रेष्ठले आगामी डेढ वर्षभित्रमा जसरी पनि आयोजनाबाट विद्युत् उत्पादन गर्ने प्रयासका साथ अहोरात्र काम भइरहेको बताए ।
हाल विद्युत्गृह र बाँध निर्माणको काम द्रुतगतिमा भइरहेको छ । आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, मेकानिकल र इलेक्ट्रिकलका साथै प्रसारणलाइन एवं सवस्टेसन निर्माणको ठेक्का पाएका अन्तर्राष्ट्रिय ठेकेदारहरूले २०७५ असारसम्ममा विद्युत् उत्पादन सम्पन्न गर्न कठिन हुने बताएका छन् ।
त्यस्तो जानकारी प्रस्तुत् भएपछि मन्त्री शर्माले आगामी तीन दिनभित्र नयाँ कार्यतालिका सरकारसमक्ष पेस गर्न सम्बद्ध सबैलाई निर्देशन दिए ।
उनले सरकारका तर्फबाट आयोजनाका सबै समस्या जसरी पनि समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसैअनुरूपको कार्ययोजना तत्काल पेस गर्न निर्देशन दिए ।
ऊर्जामन्त्रीको निर्देशनबमोजिम आयोजनामा सम्बद्ध