निलम्बित अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई कालो मोसो दल्ने दाङ घर भएका प्रकाश शाही

     सर्वोच्च अदालत परिसरमा निलम्बित अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालो मोसो दलिएको छ।
 कालो मोसो दल्ने व्यक्तिलाई अदालत प्रहरीले नियन्त्रणमा लिएको छ। मोसो दल्नेमा दाङ घर भएका नेकपा माओवादीका कार्यकर्ता प्रकाश शाही हुन्। शाही सँगै अर्का कार्यकर्ता चन्द्रबहादुर बुढा पनि गएका थिए।


 फोटोमा प्रहरीले घेरिएका कालो ज्याकेट लगाएका व्यक्तिले लोकमानलाई मोसो दलेका हुन्। उनले मोसो दलेपछि नेकपा माओवादी जिन्दावाद, भ्रष्टाचारीलाई कारबाही गर भन्ने नारा लगाएका थिए।

प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ। मोसो दल्ने व्यक्तिको फोटो मदन भण्डारीले सेतोपाटीलाई उपलब्ध गराएका हुन्।