अखिल (छैठौँ) केन्द्रिय समितिद्धारा सिमा बचाऔं अभियान सम्पन्न

गोपाल प्रसाद भट्टराई 
पौष-७,अर्घाखाँची । अखिल (छैठौँ)को केन्द्रिय समितिले मंसिर १५ गतेदेखि मंसिर ३० गते सम्म सिमा बचाऔं अभियान कार्यक्रम सम्पन्न गरेको छ ।
मंसिर १५ गते नवलपरासीको सुस्ताबाट सुरु गरेको सिमा बचाऔँ अभियानमा जुटेको अखिल छैठौंको टोलिले सिमा क्षेत्रका बिभिन्न जिल्लाहरुमा जनभेटघाट, अन्र्तक्रिया, गोष्ठि, प्रचा बितरण, सिमा क्षेत्रको अध्यन अवलोकन लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।
अभियानको शिलशिलामा सिमा क्षेत्रका जनताहरुले आफुहरुलाई भारतले गर्ने दुब्र्यबहार प्रति नेपाल सरकार मुक दर्शक बनेर भारतका सामु निरिहजस्तै देखिएको गुनासो गर्दै राष्ट्रियताको पक्षमा आवाज उठाउँदै हिडेकोमा अखिल छैठौँको टोलीलाई स्वागत गरेकोे अखिल छैठौँका महासचिब भिमलाल पोख्रेलले बताउनुभएको छ ।
नवलपरासीको सुस्ताबाट मंसिर १५ गते अभियानको उद्घाटन गरि सिमा बचाऔँ कार्यक्रम अगाडि बढाएको अखिल छैठौँको टोलीले नवलपरासी र पर्सा का बिभिन्न भागमा कोणसभा,अन्र्तक्रिया,पत्रकार सम्मेलन तथा सिमा क्षेत्रको अवलोकन र तथ्याङ्क संकलन कार्यक्रम सम्पन्न गरेको बताइएको छ ।
यस्तै टोलीले बाराको सिमरा र कलैया बजारमा कोणसभा सम्पन्न गरेको छ ।कोणसभालाई संबोधन गर्दै अभियानका टोलीनेता तथा अखिल छैठौँका केन्द्रिय अध्यक्ष बिमल पोख्रेलले भारतले नेपालमाथी लगाउने गिद्धेदृष्टीको अन्त्य नभएसम्म नेपालको भुमी सुरक्षित नहुने भन्दै राष्ट्रियताको रक्षार्थ सम्पूर्ण नेपाली एक हुनुपर्नेमा जोड दिनुभयो । 
अखिल छ्रैठौँको सिमा बचाऔं अभियानमा अखिल छैठौंका पूर्व केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरे उपाध्यक्ष द्धोय देबेन्द्र कुंवर, रेसम कंडेल, महासचिव भिमलाल पोख्रेल लगायतका अखिल छैठौंका नेता तथा कार्यकर्ताहरु र राष्ट्रिय जनमोर्चाका नेताहरुको समेत उपस्थिति रहेको अखिल छैठौंले बताएको छ । अखिल छैठौँको सिमा बचाऔँ अभियान मंसिर ३० गते इलामको मानेभञ्ज्याङमा पुगेर समापन भएको छ ।