संसदको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित

व्यवस्थापिका-संसदको बैठक बुधबार (भोलि) दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।
लगातार अवरुद्ध हुँदै आएको संसद बैठक मंगलबार पनि पूर्वसभासद बुद्धरत्न सायमिको निधनप्रति शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको हो ।
पूर्वसभासद सायमिको निधनको शोकमा संसदमा एक मिनेट मौनधारण पनि गरिएको थियो ।
त्यसपछि सभामुख ओनसरी घर्तीमगरले संसद बैठक बुधबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएकी थिइन् ।
संसद