५ नम्बरमा कैलाली-कन्चनपुरलाई, २ नम्बर प्रदेशमा झापा, मोरङ र सुनसरीलाई गाभ्नुपर्ने माग

मधेसी जनधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण मुलुकमा राजनीतिक अस्थीरता बढेको आरोप लगाएका छन् ।
विहीबार फोरम लोकतान्त्रिकको केन्द्रीय कार्यलय तीनकुनेमा पत्रकार सम्मेलन गरी उनले ‘तीनै दलका शीर्ष नेताहरु आफ्नो स्वार्थबाट माथि उठ्न नसकेको र उनीहरुका कारण अस्थिरता बढेको’ आरोप लगाए ।
यस्तै, सो पार्टीको बैठकले ठूला दलहरुले १६ बुँदे सहमति पालना नगरेको ठहरसमेत गरेको छ ।
त्यस्तै, प्रदेश नम्बर-५ मा कैलाली र कन्चनपुरलाई पनि समावेश गर्नुपर्ने तथा झापा, मोरङ र सुनसरीलाई प्रदेश नम्बर-२ मा समावेश गर्नुपर्ने निर्णय पनि सो पार्टीले गरेको छ ।
त्यसो हुन नसके झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी र उदयपुरलाई मिलाएर आठौं प्रदेश बनाउनुपर्ने प्रस्तावसमेत सो पार्टीले अघि सारेको छ ।
संविधान संशोधनलाई थाती राखेर निर्वाचनमा जान नहुने भन्दै प्रमुख राजनीतिक शक्तिहरुको सहमति र समझदारीबाट अघि बढ्नुपर्ने निर्णयसमेत सो पार्टीको बैठकले गरेको जनाइएको छ । इमेजखबरमा समाचार छ ।