चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन

चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ ।
ऊर्जा मन्त्रालयकाअनुसार सरकारी आयोजना निर्माणमा ढिलाइ भइरहेकोबेला निजी क्षेत्रका आयोजनाले भने एकपछि अर्को गर्दै राष्ट्रिय प्रसारणलाइनमा विद्युत् जोड्न थालेका छन् ।
ऊर्जा मन्त्रालयमा निजी प्रवद्र्धकहरुले पछिल्लोपटक गराएको जानकारीअनुसार ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाले पूर्णक्षमतामा विद्युत् उत्पादन सुरु गरेको छ ।
नेपाली र चिनियाँ संयुक्त लगानीमा अगाडि बढाइएको सो आयोजनाले विगत केही दिन पहिलेबाट पूर्णक्षमतामा विद्युत् उत्पादन सुरु गरेको छ ।
यस्तै, २५ मेगावाट क्षमताको माथिल्लो मादी आयोजना पनि निर्माण भएको छ ।
त्यसैगरी, १५ मेगावाटको हेवाखोला, ६ मेगावाटको दरौदी र १ मेगावाटको नियाखोला जलविद्युत् आयोजना सम्पन्न भएका छन् ।
नदी प्रवाहमा आधारित ती जलविद्युत् आयोजनाले पूर्णक्षमतामा विद्युत् उत्पादन गरेको जनाएपनि अवस्था भने त्यस्तो नरहेको बताइन्छ ।
ऊर्जा मन्त्रालयले ९७ मेगावाट विद्युत् उत्पादन सुरु भएको जनाएपनि हाल ५० मेगावाट क्षमतामात्रै जोडिएको बताइन्छ ।
चिनियाँ लगानीकर्ता सिनो हाइड्रो कर्पोरेसन र नेपालको सगरमाथा पावर कम्पनीको संयुक्त लगानीमा निर्माण भएको माथिल्लो मर्स्याङ्दीको विद्युत् जोडिएपछि कास्की, तनहुँ र पोखरामा थप सहजता भएको छ ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले परीक्षण उत्पादनबाट जोडिएको विद्युत्ले पनि राष्ट्रिय प्रसारण प्रणालीमा सहज भएको जानकारी दिए ।
यस्तै, चीनको चाइना वाटर एन्ड इलेक्ट्रक कर्पोरेसन र नेपालको गोरखा कन्ट्रक्सन कम्पनीको साझेदारमा निर्माण भएको मादीको परीक्षण उत्पादन सुरु भएको छ । आयोजनाको शुक्रबार (आज) ऊर्जामन्त्री जनार्दन शर्माले उद्घाटन गरेका छन् ।
यस्तै, नेपालको पाँचथर पावर कम्पनीले निर्माण गरेको हेवाखोला आयोजना निर्माण सम्पन्न भएको छ ।
पाँचथरको फिदीममा सवस्टेसन निर्माण सकिएकाले केही दिनभित्रै आयोजनाले व्यापारिक उत्पादन सुरु गर्ने जानकारी आफूहरुलाई दिएको प्रवक्ता अधिकारीले बताए ।
कालीका कन्ट्रक्सन प्रालिले निर्माण गरेको कालीका दरौदी जलविद्युत् कम्पनीले निर्माण गरेको ६ मेगावाट क्षमताको दरौदी