प्रधानमन्त्रीद्वारा ठूला आयोजनाहरुको नियमित अनुगमन र निरीक्षण गर्न निर्देशन

 प्रधानमन्त्री पुष्पकमल दाहालले विभागीय मन्त्री तथा सचिवहरुलाई राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला आयोजनाहरुको नियमित अनुगमन र निरीक्षण गर्न निर्देशन दिएका छन् ।
सोमबार राष्ट्रिय विकास समस्या समाधान समितिको ३८औं बैठकमा प्रधानमन्त्री दाहालले सबै सचिवहरुलेसमेत उक्त निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले पुँजीगत खर्चको सामथ्र्य बढाएर कम्तीमा ८० प्रतिशतसम्म पुर्‍याउन निर्देशन दिँदै अहिले पनि पुँजीगत खर्चको स्तर सन्तोषजनक नभएको बताए ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राष्ट्रिय अर्थतन्त्रको अवस्था, राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति अवस्था र समस्याहरुबारे जानकारी गराएका थिए । इमेजखबरमा समाचार छ ।