प्रमुख प्रतिपक्षी नेकपा एमालेले सीमांकनका विषयमा सर्वोच्च अदालतबाट जारी भएको आदेशलाई सकारात्मक भएको ठहर गरेको छ ।
व्यवस्थापिका-संसद भवन नयाँबानेश्वरमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले -अदालतले सीमांकन हेरफेर गर्ने विषय प्रदेशसभाको अधिकार भएको पुष्टि गर्नु सकारात्मक रहेको भन्दै अब संशोधन प्रस्ताव फिर्ता लिन सत्तारुढ दलहरुलाई आग्रहसमेत गरेको छ ।
अदालतको आदेशले पनि अहिले सीमांकन हेरफेर गर्न नहुने पुष्टि गरेको एमालेको जिकिर छ ।
बैठकपछि एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले अदालतको आदेशपछि संशोधन प्रस्ताव फिर्ता लिन सरकारलाई सहज भएको भन्दै सहमतिमै अहिलेको समस्याको समाधान खोज्न सत्तारुढ दलहरुलाई आग्रह गरे । इमेजखबरमा समाचार छ ।