मकवानपुरको दामनमा पहिलोपटक हिउँ पर्‍यो, सडक हिउँले ढाक्यो

रासस
मकवानपुर, पुस १९ । दिना त्वाती लामा र जीवन लामाको जोडी भक्तपुरबाट मकवानपुरको दामन आए । सोमबार दामनमा हिउँ परेको छ रे ! भन्ने हल्ला चलेपछि साथीभाइसँग अकस्मात् सल्लाह गरेर साँझ ७ः३० बजे भक्तपुरबाट उनीहरु हिँडेका हुन् ।
राति आइपुगेको त्यो जोडीसँग तीन मोटरसाइकलमा ६ जना थिए । मंगलबार बिहान सूर्योदयकाबेला सिमभञ्याङमा उनीहरु हिउँमा रमाउँदै गरेका भेटिए ।
दिना र जीवनसँगै साथीहरु नेपालगन्जका अमृत मल्ल र काभ्रेका दिनेश लामा पनि रमाउँदै थिए । उनलाई सहयोग गर्दै थिए स्थानीयवासी दिवस बस्नेतले ।
 साह्रै रमाइलो भो ! सेल्फी खिच्दै गरेका युगल जोडी दिना र जीवनले भने हिउँसँग खेल्दाको आनन्दै बेग्लै ।