अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा बहस हुँदै आएको सो मुद्दामा शुक्रबार कार्की पक्षका कानुनी व्यवसायीले बहस गरेका हुन् ।
कार्कीका पक्षबाट वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, कृष्ण सापकोटा, अधिवक्ता दीपेन्द्र झा, आनन्दमणि लम्सालले बहस गरे ।
कार्की नियुक्तिविरुद्धको पुनरावलोकनमा कुनैपनि नयाँ प्रमाण र आधार नभएको साथै उच्चनैतिक चरित्र मापन गर्ने आधारसमेत नभएको तर्क उनीहरुले प्रस्तुत् गरेका थिए ।
बहस शुक्रबार पनि नसकिएकाले