ओलीद्वारा संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन नदिने चेतावनी

संविधान संशाेधन चाहनेहरू राष्ट्रघाती हुन्ः र्इश्वर पोखरेल
नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन नदिने बताएका छन् ।
एमालेसहित विपक्षी ९ दलले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनपछिको सभामा ओलीले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव राष्ट्रहितविपरीत रहेको भन्दै पारित हुन नदिने दाबी गरेका हुन् । काठमाडौं उपत्यका र राजधानीमा जागेको यो जागरणलाई देशव्यापी रुपमा फैलाउँछौं । राष्ट्रहितलाई तलमाथि हुन दिँदेनौं । संसदमा यो हैसियतसहित एमाले छ उनले भने,  हामी राष्ट्रियहितविपरीतको संशोधन प्रस्ताव पारित हुन दिँदैनौं ।
अहिलेको संविधान संशोधनको प्रस्ताव जनताको माग र आवश्यकताले नआएको भन्दै ओलीले अन्यत्र कसैका आदेश पालना गर्न ल्याइएको आरोप लगाए । उनले भाषाका विषयमा गर्न खोजिएको संशोधनले नेपाली भाषा र मातृभाषालाई विस्थापित गर्ने पनि दाबी गरे । यहाँको भोजपुरी, मैथिली लगायत भाषालाई समाप्त पार्न र हिन्दीलाई स्थापित गर्न संशोधन गर्न ल्याइएको हो उनले भने, अन्त्यतै गम्भीर षड्यन्त्रका साथ यो प्रस्ताव ल्याइएको छ । यो प्रस्तावले मुलुकलाई निर्वाचनतर्फ लैजान कुनै सहयोग पुर्‍याउँदैन ।
 
उनले हिजो संविधान जारी गर्न नदिने र संविधान च्यात्नेहरु अहिले संशोधनको कुरा गरिरहेको टिप्पणी गरे । नेपाल हिजो पनि जिउँदो र स्वतन्त्र राष्ट्र थियो, आज पनि छ । भोलि पनि यसलाई यस्तै रहन्छ