काठमाडौंमा विशाल शक्ति प्रदर्शन ! संशोधन प्रस्ताव संसदमा जबर्जस्ती छलफल गर्न खोजे कडा प्रतिवाद गर्ने चेतावनी

व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने विभिन्न विपक्षी साना राजनीतिक दलका नेताले संविधान संशोधन विधेयक फिर्ता गर्न माग गरेका छन् ।
संविधान संशाेधन चाहनेहरू राष्ट्रघाती हुन्ः र्इश्वर पोखरेल
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित ९ दलले शुक्रबार भृकुटीमन्डपमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनीहरुले संविधान संशोधन विधेयक राष्ट्रहितमा नभएको जनाउँदै सरकारलाई प्रस्ताव फिर्ता लिन माग गरे ।
नेकपा मालेका महासचिव सीपी मैनालीले सर्वोच्च अदालतले दिएको आदेशलाई पालना गर्नका लागि विधेयक फिर्ता लिनुपर्ने बताए ।
सर्वोच्च अदालतले पनि संशोधन विधेयकमा अहिलेको संसदले केही गर्न नपाउने आदेश दिएको छ- उनले भने- प्रदेश संसदको अधिकारलाई अहिलेको संसदले कटौती गर्न मिल्दैन । त्यसैले संशोधन प्रस्ताव फिर्ता गर्नुपर्छ ।
उनले सरकारले अदालतको आदेशलाई पनि नमानी संसदमा जबर्जस्ती छलफल गर्न खोजे आफूहरुले कडा प्रतिवाद गर्ने चेतावनी दिए ।
कार्यक्रममा राष्ट्रय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र देशलाई विभाजित गर्न नल्याइएको बताउँदै नेपाली जनता अखन्ड नेपालका पक्षमा छन्भ – ने ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य प्रेम सुवालले बाह्य आग्रहमा संशोधन विधेयक ल्याइएको भन्दै विधेयकमाथि संसदमा छलफल नहुने बताए ।
नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले