आसन्न स्वबियू निर्बाचनलाई देशको राष्ट्रियता बिरुद्धका षडेन्त्रलाई परास्त गर्ने आन्दोलनको रुपमा लिनुपर्ने: अखिल छैठौं

गोपाल प्रसाद भट्टराई
अर्घाखाँची । आगामि फागुन १४ गते हुने स्वबियू निर्बाचनलाई अखिल छैठाँले देशको राष्ट्रियता,अखण्डता र सार्वभौमिकता बिरुद्ध भइरहेका षडेन्त्रहरुलाई परास्त गर्ने आन्दोलनको रुपमा लिनुपर्ने भन्दै बैदेशिक हस्तक्षेपका बिरुद्ध एक हुन सम्पूर्ण बिद्यार्थीहरुलाई आग्रह गरेको छ ।
अखिल छैठाँले  एक प्रेस बिज्ञप्ती जारी गर्दै आठ बर्षयता हुन नसकेको स्वबियू निर्बाचन आगामी फागुन १४ गते गर्नेभनि त्रिबिले गरेको निर्णयको स्वागत समेत गरेको छ ।
अखिल छैठौँका केन्द्रिय अध्यक्ष बिमल पोखे्रलले आज एक प्रेस बक्तव्य जारी गर्दै यसअघि पटक-पटक निर्बाचनको मिति तोक्दै स्थगित हुँदै आएकोले यस पटक निर्बाचन तोकिएकै समयमा स्वच्छ ,निष्पक्ष र धाँदलीरहित रुपमा सम्पन्न गर्न माग गर्नुभएको छ ।
२०६५ सालमा भएको स्वबियू निर्बाचनको दुई बर्ष पुगेर म्याद समाप्त भइ अबैधानिक भएकोले तत्कालिन स्वबियू खारेज गरि नयाँ  निर्बाचनको मिति तत्काल घोषणाको माग गर्दै अखिल छैठौँले २०७१ साल साउन ३२ गते सर्बोच्च अदालतमा रिट दायर गरेको थियो । 
रिट उपर २०७२ बैशाख ९ गते सर्बोच्च अदालतले सुनुवाई गर्दै तत्कालिन स्वबियू खारेज गरि तिन महिनाभित्रमा स्वबियू निर्बाचन गर्न त्रि.बि.लाई आदेश दिएको थियो ।
सर्बोच्चको आदेश अनुसार २०७२ साउन महिनामा हुनुपर्ने निर्बाचन झण्डै डेढ बर्ष ढिलो गरि आगामी फागुन १४ गते गर्ने त्रि.बि.ले निर्णय गरेको छ ।