सर्वोच्चद्वारा लोकमान सिंह कार्कीको अख्तियार प्रमुखमा भएको नियुक्ति बदर

सर्वोच्च अदालतले लोकमान सिंह कार्कीको अख्तियार प्रमुखमा भएको नियुक्ति बदर गरिदिएको छ।

 
राष्ट्रपति र संवैधानिक परिषदलाई अब योग्यता पुगेको व्यक्तिलाई अख्तियार प्रमुखमा सिफारिस र नियुक्ति गर्नू भनेर आदेश दिएको छ।
 अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरूद्धको मुद्दामा सर्वोच्च अदालतमा केहीबेर अघि सुनुवाई सकेको सर्वोच्चले उनको नियुक्ति बदर गरेको हो। 
अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको नियुक्ती संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा रीट निवेदन दायर गरेका थिए। सर्वोच्च अदालतले सुरूमा अर्यालको रीट खारेज गरेको थियो। पछि प्रधानन्यायाधीश सुशीला कार्कीलगायतको बेन्चले सो मुद्दा पुनः ब्युताएर सुनुवाई हुने निर्णय दिएको थियो। सेतोपाटीमा समाचार छ ।