प्रतीपक्षी दलहरुले नाराबाजी त गरे , तर संशोधन विधेयक संसदमा पेश हुदा रोक्न कुनै प्रयास गरेनन (भिडियो सहित)
पौष २४ गते, २०७३ मा प्रकाशित
हिजोसम्म संविधान संशोधन प्रस्ताव कुनै हालतमा संसदमा टेवल हुन नसक्ने अडान लिएको प्रमुख प्रतीपक्षी दल एमालेले आज संशोधन विधेयक संसदमा पेश हुनबाट रोक्न कुनै प्रयास गरेन। संशोधन प्रस्ताव बिरूद्ध उभिएर नाराबाजी त गर्यो तर रोक्न एक कदम पनि अघि बढेर प्रयास गरेन। संविधान संशोधन विधेयक संसदमा पेश हुदै गर्दा प्रमुख प्रतीपक्षी नेकपा एमालेसहितका दलहरुले आफ्ना आफ्ना स्थानबाट उठेर नाराबाजी गरेका थिए। तर कोहि पनि उठेर रोष्ट्रम घेर्न गएन, जबकि त्यो बिकल्प उनीहरुसँग उपलब्ध थियो। संविधान संशोधन विधेयक पेश हुनुभन्दा पहिला स्थानीय तह निर्वाचन विधेयक र निर्वाचन (कसुर तथा सजाय) सम्बन्धी विधेयक पेश भएको थियो।
निर्वाचन सम्बन्धी दुई विधेयक संसदमा पेश हुँदै गर्दा प्रमुख विपक्षी एमाले लगायतका दलहरुले पनि सहमति जनाएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बीत प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्ध परेको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउनका लागि पनि बिपक्षीहरुले सहमति जनाएका थिए। महाअभियोग प्रस्तावमाथीको छलफलका क्रममा बोल्ने सांसदहरुको नाम फिर्ता लिन एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले सांसदहरुलाई निर्देशन दिएका थिए।
निर्वाचन सम्बन्धी विधेयक पेश गर्न रोष्ट्रममा पुगेका कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायक रोष्ट्रमबाट तल नझरीकन रोष्ट्रममा नै बसेका थिए। संविधान संशोधन प्रस्तावमाथि विरोधका सूचना दर्ता गराएका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संविधान संशोधन विधेयक बिदेशीको इशारामा ल्याइएको भन्दै त्यसलाई फिर्ता लिनुपर्ने बताएका थिए। सुवालको प्रस्तावलाई बहुमतले अश्विकार गरेको थियो । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीको विरोधको प्रस्ताव पनि बहुमतले अश्वीकार गरेको थियो। कसरी भयो संसोधन प्रस्ताव दर्ता? जब सभामुख ओनसरी घर्तीले कानुनमन्त्रीलाई संविधान संशोधन विधेयक संसदमा पेश गर्ने अनुमती दिइन्, विपक्षी दलका सांसदहरुले नाराबाजी शुरु गरे।
नारबाजीकै बिचमा कानुन मन्त्री नायकले संसदमा विधेयक पेश गरेका थिए। बिरोधका बिचमा विधेयक पेश भएपछि बिपक्षी दलका सांसदहरु वेल घेर्न आउँन लाग्दा एमाले सांसद अग्नी खरेलले अगाडि नजान संकेत गरेको एक सांसदले सेतोपाटीलाई बताए।
हामीले नाराबाजी गर्दै वेल घेरेको भए सरकारले पेश गर्न सक्ने थिएन, ती सांसदले भने, सरकारले विधेयक पेश गर्ने बिपक्षीले त्यसको बिरोध गर्दै अनौपचारिकता पूरा गर्ने सहमति भएको हुनसक्छ । पारित नहुने संशोधन प्रस्ताव अघि बढाउनका लागि सांकेतिक रुपमा सहमति दिएको हुनसक्ने अर्का एक सांसदले सेतोपाटीलाई बताए। प्रस्ताव दर्ता भए पनि पारित भने हुन सक्ने सम्भावनाका कारण अघि बढ्न दिएको होला, ती सांसदले भने। विपक्षीले बिरोध गर्दे गर्ने र सरकारले त्यसलाई पेश गर्ने अनौपचारिक सहमति भएको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललेसेतोपाटीलाईबताए। आगामी प्रक्रियाबारे पनि एमालेसँग छलफल गरेर अघि बढ्छौं, पौडेलले भने।