संसदमा पेस गरिएको संशोधन प्रस्ताव कुनैपनि हालतमा अघि बढ्न नदिने एमाले अध्यक्ष ओलीको भनाई

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा पेस गरिएको संविधान संशोधन प्रस्ताव कुनैपनि हालतमा अघि बढ्न नदिने बताएका छन् ।
एमाले मोरङको आठौं जिल्ला अधिवेशनलाई सोमबार विराटनगरमा सम्बोधन गर्दै उनले संसदीय प्रणालीविपरीत पेस गरिएको प्रस्तावलाई अघि बढाउन नदिइने बताए ।
नेपाली कांग्रेस र माओवादी केन्द्र विदेशीको मोहरा बनेको आारोप लगाउँदै ओलीले ‘विदेशीको इच्छा पूरा गराउन संविधान संशोधन हुन सक्दैन- भने ।
नयाँ नेतृत्वसमेत चयन गर्ने अधिवेशनमा अध्यक्ष पदमा माधव नेपाल पक्षबाट वर्तमान जिल्ला अध्यक्ष महेश रेग्मी र ओली पक्षबाट विनोद ढकाल मैदानमा रहेका छन् । इमेजखबरमा समाचार छ ।