खोटाङमा पुन:संरचना आयोगले हटाएको विरोधमा बन्द हुँदा जनजीवन अत्यन्त कष्टकर

खोटाङ जिल्लाबाट सिफारिस भएको महुरेगढी गाउँपालिकालाई पुन:संरचना आयोगले हटाएको विरोधमा तीन दिनदेखि यातायात बन्द हुँदा यहाँको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ । 
पुन:संरचना आयोगले महुरेगढी गाउँपालिकालाई हटाएर अन्यमा राखेको भन्दै स्थानीयले मध्यपहाडी लोकमार्गमा शनिबारदेखि यातायात अवरुद्ध पारेका हुन् । 
बन्दले हजारांै यात्रु अलपत्र परेका छन् । यसबाट सबैभन्दा बढी सास्ती बिरामीले बेहोर्नुपरेको छ । जिल्ला अस्पतालबाट रेफर भएका बिरामी सोमबार यातायात नचल्दा हेलिकप्टर चार्टर गर्न बाध्य भए । मध्यपहाडी लोकमार्गमा पर्ने महुरेगढी र बिजुलेमा आन्दोलनकारीले अवरोध सिर्जना गरेकाले खोटाङ आउँदै गरेका पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरू बाटैमा अलपत्र परेका छन् । यसले भूकम्पपीडित थप पीडामा परेका छन् । कान्तिपुरमा समाचार छ ।