संविधान संशोधन प्रस्ताव असफल पारेरै छाड्ने एमाले शंकर पोखरेलको दाबी

 नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले संविधान संशोधन प्रस्ताव असफल पारेरै छाड्ने दाबी गरेका छन् ।
प्रेस चौतारी नेपालले विहीबार रुपन्देहीमा गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले सरकारले चोर बाटोबाट संशोधन प्रस्ताव संसदमा टेबल गरे पनि असंवैधानिक र राष्ट्रहितविरूद्धको प्रस्ताव कुनै हालतमा पास हुन नदिने बताए ।
नेपाली कांग्रेस र माओवादी केन्द्रले भारतको बहकाउमा संशोधन प्रस्ताव ल्याइएको ठोकुवा गर्दै उनले यसलाई असफल पार्ने बताए ।
उनले संविधान कार्यान्वयन गर्ने बेलामा संशोधनको मुद्दा उठाएर सरकार उल्टो बाटोमा हिँडेको आरोप पनि लगाए ।
मुलुकमा निर्वाचन नगराउने, संविधानलाई असफल गराउने उद्देश्यस्वरूप संशोधन प्रस्ताव आएको पोखरेलको भनाइ थियो । इमेजखबरमा समाचार छ ।