प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार दिउँसो संयुक्त अरब इमिरेट (युएइ)को राजधानी अवुधावी प्रस्थान गरेका छन् ।
युएइ सरकारको विशेष निमन्त्रणामा प्रधानमन्त्री दाहाल शनिबार दिउँसो ४: ४५ मा त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनी आगामी सोमबार हुने वर्ल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । साथै चार दशकदेखि हुन नसकेको दुई देशबीचको उच्चस्तरीय भेटवार्ता हुने पनि प्रेस सल्लाहाकार आचार्यले बताए ।
प्रधानमन्त्रीको बिदाइमा सभामुख ओनसरी घर्तीमगर, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि लगायत अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । प्रधानमन्त्रीसँगै स्वकीय सचिव प्रकाश दाहाल, सचिव लगायत अवुधावी गएका छन् ।
प्रधानमन्त्री आउँदो मंगलबार स्वदेश फर्कने छन् ।