देश टुक्र्याउने पक्षलाई रोक्न नसके देश चक्रब्यूहमा फस्ने: माधवकुमार नेपाल

            कान्तिपुरकर्मी लीला श्रेष्ठ क्रियाशिल पत्रकारिता सम्मान २०७३  बाट सम्मानित भएकी छिन् । समय समाज प्रकाशन प्रालि द्वारा प्रकाशित समय समाज राष्ट्रिय साप्ताहिकको १२ औं वार्षिकोत्सवको अवसरमा श्रेष्ठलाई जिल्लामा क्रियाशिल रही काम गरे वापत उत्कृष्ट संवाददाताका रुपमा नगदसहित सम्मान गरिएको हो ।

कार्यक्रममा पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशिल संस्थाहरु नेपाल पत्रकार महासंघ भक्तपुर, क्रियाशिल पत्रकार मञ्च भक्तपुर, रक्त सञ्चार क्लब भक्तपुरलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश टुक्र्याउने पक्षलाई रोक्न नसके देश चक्रब्यूहमा फस्ने बताएका थिए । अहिले जात र धर्मका कुराहरु उठिरहेको भन्दै यस्ता संवेदनशिल पक्षलाई रोक्न नसके देश चक्रव्यूहमा फस्ने उनले बताए ।

संविधान कार्यान्वयनलाई संशोधनसँग बार्गेनिङको विषय बनाएकोमा आपत्ति जनाउँदै नेता नेपालले भने, संविधान संशोधनसँग बार्गेनिङ गर्ने अनि संशोधन भएमा निर्वाचनमा जाने नभएमा नजाने जस्ता कुरामा सरकार अल्झिएको छ ।

कार्यक्रममा नेता नेपालले निर्वाचनको मिति घोषणा गर्ने कुरामा प्रधानमन्त्री गम्भीर नभएको भन्दै ठूलो प्रतिपक्ष दल एमालेलाई पन्छाएर गलत तरिकाले सरकार काम गर्न सक्रिय रहेको बताए ।कान्तिपुरले लेखेको छ ।