राष्ट्रियताको सवालमा सचेत हुन राष्ट्रिय जनमोर्चा द्वारा सरकारको ध्यानाकर्षण

सुर्य भुसाल

राष्ट्रिय स्वाधीनताको निम्ति बिना शर्त लडिरहेको पार्टी राष्ट्रिय जनमोर्चाका कार्यकर्तालाई सरकारी तहबाटै नियन्तृत गरिएको भन्दै राष्ट्रिय जनमोर्चाले आपत्ति प्रकट गरेको छ ।साथै उसले राष्ट्रियताको सवालमा सचेत हुन सरकारको ध्यानाकर्षण समेत गरेको छ ।


पछिल्लो समय भारतले नेपालको आन्तरिक मामलामा गर्दै आएको ठाडो हस्तक्षेपको सन्दर्भलाई लिएर भारतीय दूतावासको सहयोगमा निर्माण भएका भवन र पन्चेश्वर परियोजनाको निरिक्षण गर्न हिजो कंचनपुर पुगेका भारतीय राजदुत रन्जित रे को विरुद्धमा राष्ट्रिय जनमोर्चा कंचनपुरले आयोजना गरेको बिरोध पर्दर्शनको क्रममा जिल्ला अध्यक्ष सहित तीन जनालाई गिरफ्तार र एक जनालाई हातपात गरेको भन्दै राष्ट्रिय जनमोर्चाले एक प्रेस बक्तब्य जारी गर्दै आपत्ति प्रकट गरेको हो ।


 नेपाली जनताले राष्ट्रिय स्वाधीनताको निम्ति दृढताका साथ लड्नुपर्ने आबस्यकता देखिएको बेला शान्तिपुर्ण आन्दोलनमा उत्रेका राष्ट्रिय जनमोर्चा कंचनपुर अध्यक्ष लोकेन्द्र लम्साल,अखिल छैठौंका केन्द्रिय सचीव महेश जोशी ,केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष भीष्म जोशीलाई गिरफ्तार र राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य निरु बि.क.माथी प्रहरी जवानबाट भएको दुव्र्यवहार प्रति हामी खेद प्रकट गर्दछौं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.द्वारा प्रकाशित गरिएको बिज्ञप्तिमा भनिएको छ

अध्यक्ष केसी ले बिज्ञप्ति मार्फत सरकारद्वारा गिरफ्तारमा परेका आफ्ना नेता तथा कार्यकर्तालाई तत्काल रिहाई गर्न माग गर्नुभएको छ । यस्तै कंचनपुरको घटनामा आफ्ना सङ्गठनका केन्द्रिय सचीव महेश जोशी र केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष भीष्म जोशीलाई प्रहरीले गिरफ्तार गरेको भन्दै अखिल छैठौंले पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

 अखिल छैठौंका केन्द्रिय अध्यक्ष बिमल पोख्रेल द्वारा हस्ताक्षरित बिज्ञप्तिमा सहयोगको नाममा भारतले नेपाली कुटनितिक मर्यादाको खिल्ली उडाएको भन्दै नेपाली राष्ट्रियतामा आचआउनेगरी भारतले गरिरहेको गतिविधिमा रोक लगाउन नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।साथै बिज्ञप्तिमा उक्त घटनामा गिरफ्तारमा परेका आफ्ना नेताहरुको तत्काल रिहाई गर्न पनि अखिल छैठौंले माग गरेको छ ।