एनएको नयाँ विमान काठमाडौंमा

सरकारले तीन वर्षअघि नेपाल वायु सेवा निगमका लागि सहुलियतपूर्ण ऋणमा चीनसँग खरिद गरेका चारमध्ये पहिलो मोर्डन आर्क (एमए-६०) टर्बोप्रोप इन्जिनयुक्त विमान काठमाडौं आइपुगेको छ ।
५६ सिट क्षमताको यो विमान (कलसाइन नाइन एन-एकेआर) सहित निगमसँग अब आन्तरिक रुटमा उड्ने जहाजको संख्या ५ पुगेको छ । यसअघि अनुदानअन्तर्गत ०७१ वैशाखमा चीनले नेपाललाई ५६ सिट क्षमताको एमए ६० तथा त्यसै वर्षको कात्तिकमा दुर्गम रुटका लागि १६ सिट क्षमताको वाई १२-ई विमान काठमाडौं ल्याइसकेको छ । यी दुइटा खरिद सम्झौताअन्तर्गतका कुल ६ वटा विमानमध्येका अनुदानका विमान हुन भने बाँकी चारवटा सहुलियतपूर्ण ऋणबाट खरिद गरिने विमान हुन् ।
नेपाल सरकारले ०७० मंसिरमा चीनले बनाएका दुई वर्गका ६ वटा विमान (दुइटा एमए