प्युठान । छिमेकी जिल्ला प्युठानको दाङबाङ गाबिस – ६ कोलबोटमा माेटरवाटाे खन्ने क्रममा एक्साभेटर दुर्घटनामा तीन जनाकाे ज्यान गएकाे छ ।
हिजो साझ करिब ५ बजे भएकाे घटनामा ज्यान गुमाउनेमा ज्ञानेन्द्र गाहा मगर, शेषकान्त अर्याल, तिलक गाहा मगर रहेका छन् ।
ना १ क ३३१९ नम्वरकाे जेसिभि तेल हालेर फर्कने बेला व्रेक फेल भएपछि दुर्घटनाग्रस्त बनेकाे प्रहिले जनाएकाे छ । घटनामा अन्य ९ जना घाईते भएका छन् । घाइतेहरुको अमराइमा उपचार भैरहेको छ ।