सभामुख ओनसरी घर्तीमगरले पर्सी सोमबारसम्ममा निर्वाचनसम्बन्धी सबै बिधेयक पारित भएर निर्वाचनको मिति घोषणा हुने बताएकी छन् ।
विराटनगर विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुराकानी गर्दै सभामुख मगरले विधेयक पास भएलगत्तै सबै दलको सहमतिमा निर्वाचनको मिति घोषणा हुने बताइन् । अहिले जे आशंकाहरु भइरहेको छ त्यो स्वाभाविक हो तर धैर्य गर्नुस् सोमबारपछि स्थानीय तहको निर्वाचन मिति घोषणा हुन्छ