प्रमुख प्रतिपक्ष नेकपा एमालेले निर्वाचन समयमै गराएरै छाड्ने प्रतिवद्धता जनाएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन गराउन आफनो पार्टी समक्ष रहेको बताउनु भएको हो ।
सहिद दिवसको अवसर पारेर काठमाडौंको माईतीघर मण्डलामा १० मिटर अग्लो तथा साँढे ७ मिटर लामो राष्ट्रिय झण्डा फहराउँदै अध्यक्ष ओलीले दवावको बलमा सरकारलाई निर्वाचन गराउन बाध्य पार्न आफनो पार्टी सफल हुने दावी पनि गरे।
अध्यक्ष ओलीले आफ्नो पार्टीले राष्ट्रवादी अडान लिएको उल्लेख गर्दै त्यसमा अन्य दलहरुलाई पनि साथ दिन आग्रह गरे।
उनले जनता राष्ट्रवादी भएको र केही संकीर्णवादीहरुले देशलाई नोक्सान पुर्याउन खोजेको भन्दै आक्रोश व्यक्त गरे। अध्यक्ष ओलीले नेपाली युवाहरुमा देशभक्तिको भावना जागृत भईसकेको भन्दै खुसी पनि व्यक्त गरे।
पूर्व प्रधानमन्त्री समेत रहेका ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले झण्डा फहराएका हुन्। नेपाली देशभक्त युवा समाजले राष्ट्रिय जागरण ल्याउन भन्दै झण्डा फहराउने कार्यक्रम आयोजना गरेको हो ।सेतोपाटीमा खबर छ ।