डडेल्धुराको अमरगढी नगरपालिका बगरकोट सडकखन्डमा बुधबार जीप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ ।
डडेल्धुराको भागेश्वर गाविसबाट डडेल्धुराबजार जाँदै गरेको से१ज ८३३ नम्बरको महेन्द्रा जीप अमरगढी-३ बागबजार-बगरकोट सडकखन्डमा दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो भने दुईजनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते पाँचजनाको क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । १२ जना चढेको जीप निमार्णाधीन साँघुरो बाटोमा दुर्घटनामा परेको बताइएको छ ।
मृतकको पहिचान खुल्न बाँकी छ । इमेजखबरमा समाचार छ ।