राष्ट्रपतिद्वारा तीनजना निर्वाचन आयुक्त नियुक्त

राष्ट्रपति विद्या भण्डारीले तीनजना निर्वाचन आयुक्त नियुक्त गरेकी छन् ।
आयुक्त नियुक्तसँगै तीनैजनाले विहीबार पद तथा गोपनीयताको शपथसमेत लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा गरिएको कार्यक्रममा नवनियुक्त निर्वाचन आयुक्तहरु नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाहले सपथ लिएका हुन् ।
शपथ लिएसँगै नवनियुक्त आयुक्तहरुले निर्वाचन आयोगमा पुगेर पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण कार्यक्रममा आयोगका नवनियुक्त सदस्य ईश्वरीप्रसाद पौडेलले निर्वाचन आयोगलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने र तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरे ।
तीन सदस्य थपिएसँगै निर्वाचन आयोगले पूर्णता पाएको छ । संवैधानिक परिषद्को सिफारिस संसदीय सुुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले आयुक्तहरु नियुक्त गरेकी हुन् । इमेजखबरमा समाचार छ ।