२ नम्बर प्रदेशमा स्थानीय तहको संख्या बढाउन सकिने

स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन अध्ययन गर्न गठित सरकारी कार्यदलले २ नम्बर प्रदेशमा स्थानीय तहको संख्या बढाउन सकिने सुझाव दिएको छ ।
कार्यदलले विहीबार सुझाव प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउँदै यस्तो सुझाव दिएको हो ।
प्रतिवेदन बुझाएपछि कार्यदलका संयोजक रहेका स्थानीय विकासमन्त्री हितराज पाण्डेले प्रतिवेदनले चुनावका लागि सहज वातावरण बनाउने दाबी गरे ।
मन्त्रिपरिषदले मन्त्री पाण्डेको संयोजकत्वमा उद्योगमन्त्री नवीन्द्रराज जोशी र वाणिज्य तथा आपूर्तिमन्त्री दीपक बोहरा सदस्य रहेको कार्यदल बनाएको थियो । इमेजखबरमा समाचार छ ।