पूर्वराजा ज्ञानेन्द्र शाहले जनताप्रति उत्तरदायी हुन नेताहरुलाई आग्रह गरेका छन् ।
६७औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुक्रबार एक विज्ञप्ति जारी गरी शाहले देशको परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै नेताहरुलाई जनताप्रति उत्तरदायी हुन आग्रह गरेका हुन् ।
उनले मुलुकको मौलिक दर्शन, संस्कार र सभ्यताको संरक्षण गर्दै मर्यादित बनाउनु नै राष्ट्रको प्रतिष्ठा भएकोमा जोड दिएका छन् ।
प्रजातन्त्र आधुनिक विश्वको राज्य व्यवस्थाको एक सुन्दर रुपमात्र नभइ मानवीय हक र हितको आधारस्तम्भ भएको भन्दै उनले प्रजातन्त्रको पहिलो शर्त जनताप्रतिको उत्तरदायित्व