नारायणी किनारमा सुरु भएको विराट गोरक्षा महायज्ञमा आइतबार पूर्व राजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहले पुजा तथा हवन गरेका छन् । निजि सवारीमा यहाँ आएका पूर्व राजा शाहले संरक्षणका लागी एक जोडी गौ पुजा गरेका थिए ।
गाईको संरक्षण गर्ने उद्देश्यले आयोजित महायज्ञमा पूर्वराजा रानी सहभागी भएका हुन् । महायज्ञ स्थल मञ्चमा बसेका शाह निकै हतारमा थिए । उनले आशन ग्रहण लगाएतका स्वागत मन्तव्य छोट्याउन आयोजकलाई बारम्बार अनुरोध गरेका थिए । पूर्व रानी कोमलको जन्मदिवस मनाउन दुई दिन अघि उनी चितवन आएका हुन् ।
महायज्ञ स्थलबाट बाहिरीने क्रममा संचारकर्मिले हिन्दु धर्म संरक्षणबारे सोधेको प्रश्नमा उनले हिन्दु धर्म बोल्ने होइन, मनमा राख्ने कुरा भएको जवाफ दिए । पूर्व राजालाई स्वागत गर्न बसेका स्थानीयले राजा आउ देश बचाउ भन्ने नारा लगाएका थिए ।
बालीनालीमा लगाईने
विषादी कम गर्न गाईको संरक्षण जरुरी
रहेको
र गहुंत प्रयोग गर्न सकिए त्यस्तो
समस्याबाट
मुक्त हुने महायज्ञमा सहभागीका
भक्तजनको भनाई छ ।
गौ सेवा कोष स्थापनार्थ हिन्दु ॐकार भोलन्टियर्सद्वारा आयोजित महायज्ञ फागुन १३ गते महाशिवरात्रीको दिनसम्म चल्ने छ । महायज्ञका लागी नारायणी किनारलाई बेहुली झैं सिंगरिएको छ । यहाँ भक्तजनको भिड लागेको छ । यज्ञमा बज्रचार्य, लामा र ब्राह्मण गुरुले सामुहिक हवन गरेर उद्घाटन गरिएको थियो ।
गाईको गहुंत धार्मिक कार्यमा मात्र प्रयोग नहुने भन्दै यसले औषधिको समेत काम गर्ने धार्मिक भनाई छ । बालीनालीमा लगाईने विषादी कम गर्न गाईको संरक्षण जरुरी रहेको र गहुंत प्रयोग गर्न सकिए त्यस्तो समस्याबाट मुक्त हुने महायज्ञमा सहभागीका भक्तजनको भनाई छ ।
महायज्ञमा आउनेलाई नि:शुल्क भोजन गराईने छ ।
गाई दुलर्भ भई मासिने अवस्थामा पुगी सके, महायज्ञ आयोजक समितिको सह संयोजक विनु रायमाझी पौडेलले भनिन्, अब यसको संरक्षण नगरिए लोप भएर जाने खतरा छ, त्यही भएर सबैजना यसको संरक्षणमा जुट्ने बेला आएको छ । उनले गाईको संरक्षण गर्ने उद्देश्य लिएर महायज्ञको आयोजना गरेको बताइन् । महायज्ञमा दैनिक भजन कृतन हुने छ । देशका विभिन्न ठाउँबाट समेत भक्तजनहरु आएका छन् । कान्तिपुरले लेखेको छ ।