बैशाख ३१ मा स्थानीय निर्वाचन गर्ने निर्णय गरे लगत्तै मधेसी मोर्चाले बहिष्कार गर्ने घोषणा सहित आन्दोलनको कार्यक्रम सार्वजनिक

सरकारले २०७४ बैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरे लगत्तै मधेसी मोर्चाले निर्वाचन बहिष्कार गर्ने घोषणा सहित आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। 
चुनाव घोषणा विरुद्ध मधेसी मोर्चा : फागुन १० बाट आन्दोलन, चुनावमा भाग नलिने, मधेसमा गर्न नदिने
सरकारले २०७४ बैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरे लगत्तै मधेसी मोर्चाले निर्वाचन बहिष्कार गर्ने घोषणा सहित आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ।
तमलोपाको कार्यालयमा बसेको बैठकमा फागुन १० बाट मधेसमा आन्दोलन गर्ने निर्णय गरेको हो। मोर्चाले १० गते जुलुश, ११ गते मधेस बन्द र १२ गते देखि १५ दिनसम्म भण्डाफोर कार्यक्रम चलाउने घोषणा गरेको छ।
तमलोपाका उपाध्यक्ष ह्यदयश त्रिपाठीले मधेसमा निर्वाचन हुन नदिने र निर्वाचनमा भाग नलिने निर्णय भएको जानकारी दिए।

–एजेन्सी