निर्वाचनको मिति घोषणा भएसँगै मधेसी मोर्चाले विरोधका कार्यक्रमहरुको घोषणा, बुधबार मधेस बन्द

निर्वाचनको मिति घोषणा भएसँगै मधेसी मोर्चाले विरोधका कार्यक्रमहरुको घोषणा गरेको छ ।
मोर्चाले संविधान संशोधन बिना गरिने निर्वाचन स्वीकार्य नहुने बताउँदै भोली मंगलबार मसाल जुलुस प्रदर्शन गर्ने भएको छ । यस्तै ११ गते बुधबार मधेस बन्द गर्ने घोषणा गरेको छ । सरकारले निर्वाचनकाे मिति घाेषणा गरेसँगै प्रेस विज्ञप्ती निकाल्दै माेर्चाले विराेधमा उत्रिने घाेषणा गरेकाे हाे ।
माेर्चाले माअाेवादी केन्द्र र नेपाली कांग्रेसले २०७३ श्रावण १९ अाफूहरुसँग गरेकाे सम्झाैता विपरित संविधान संशाेधनलाई थाँति राखेर निर्वाचन मिति घाेषणा गरेकाे बताएकाे छ । यस्तै विज्ञप्तीमा भनिएकाे छ- ‘संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा संसदमा दर्ता गराइएको संविधान संशोधन विधयेकलाई परिमार्जनसहित पारित नहुन्जेल हुने कुनै पनि निर्वाचनमा सहभागी त हुँदैन हुँदैन मधेसमा त्यस्ता निर्वाचन हुन पनि दिँदैन ।’
निर्वाचनको मिति घोषणा भएपछि कान्तिपुरसँग कुरा गर्दै सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सो कुराको जानकारी दिएका हुन् । यस्तै बिहीबारदेखि १५ दिनसम्म गाउँ गाउँमा भान्डाफोर कार्यक्रम पनि संचालन गर्ने उनले जानकारी दिएका छन् । कान्तिपुरमा समाचा